समाचार

मोरङमा १० वर्षीया बालिका बलात्कृत

Daily News Nepal

इटहरी । मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका हजुरबुवा र हजुरआमासँग मगरकै घरमा डेरामा बस्दै आएको बताए। आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटक-पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए।

घरमा अभिभावक नभएको मौका छोपी शौचालयनजिकको खाली जग्गामा लगेर मुख थुनेर बोल्नसमेत नदिइकन कसैलाई भनेमा कुटपिट तथा मार्ने गर्ने धम्की दिएर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बुधबार राति उनलाई पक्राउ गरिएको र मुद्दा दर्ता गरेर आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials