समाचार

बरिष्ठ हवल्दारसहित २६ प्रहरी सम्पर्कबिहीन

Daily News Nepal

काठमाडौं । पछिल्लो एक महिनामा १३ प्रहरी कर्मचारी बरिष्ठ हवल्दारसहित २६ प्रहरी सम्पर्कबिहीन भएको भन्दै प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

एक वरिष्ठ हवलदार, पाँच सहायक हवलदार, १३ जवान र २ कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी महानिरीक्षकको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

खोजतलास गर्दा सम्पर्कमा नआएकाले सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । उक्त समयसीमाभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीको व्यवस्थाअनुसार सेवाबाट हटाइने प्रधान कार्यालयले दिएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials