समाचार

गुल्मी उद्योग वाणिज्य संघद्वारा ३ कृषकहरुलाई सम्मानित

Daily News Nepal

गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले जिल्लाका तीन युवा कृषकहरुलाई सम्मान गरेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर–५ सिस्तुङमा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेर कृषि पेसालाई अंगाल्दै आएका युवा कृषकलाई कृषि पेशामा लाग्न र थप उर्जा प्रदान गर्ने उदेश्यसहित सम्मान गरिएको हो ।

गुल्मी उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाको अवसरमा इस्मा गाउँपालिका वडा नम्बर–३ का ग्यालेक्सी कृषि फर्मका सञ्चालक गोकर्ण नेपाली, धुर्कोट गाउँपालिका वडा नम्बर–५ का आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरे र मदाने गाउँपालिका वडा नम्बर–३ का प्रेम अर्याल सम्मान गरिएको हो ।

सम्मानित तीन जना कृषकलाई नगद प्रमाणपत्रले लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले सम्मान गरेका हुन् ।

कृषक नेपालीले इस्मामा रहेर घाँस खेती विरुवा उत्पादन गर्दै आएका छन् । त्यस्तै घिमिरेले धुर्कोटमा रहेर भैंसी पालन गरेर दूध उत्पादन गर्दै आएका छन् । अर्यालले मदानेमा रहेर कफी खेती गर्दै आएका छन् । कृषि पेसामा युवाहरुको आकर्षण बढाउन र उनीहरुको काममा थप उर्जा प्रदान गर्नको लागि सम्मान गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।

सम्मानित हुने तीन जना कृषकहरु बिगत केहि वर्ष यता ग्रामीण क्षेत्रमा रहेर नमूना कृषकको रुपमा काम गर्दै आएका छन् । यस वर्षदेखि साधारणसभाको अवसरमा उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला सफल कृषकहरूलाई सम्मान गर्ने थालनी गरेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials