समाचार

उत्तरी गोरखामा घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु

Daily News Nepal

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिवार राती घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु भएको छ ।

७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुदाँ उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिवार राती दश बजे खवर आएको बताउनुभयो । खवर लगतै त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको उहाँले जानकारी दिनुभयो ।

गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा लागेको बताउँदै उहाँले आगो नियन्त्रण पश्चात घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

चिसोका कारण न्यानो बनाउँन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials