समाचार

हुस्सु लागेको बेला महोत्तरीमा मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

Daily News Nepal

काठमाडौं । महोत्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक दिलीपकुमार गिरीले बाए। मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली बिर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन्।

दुबै जनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको गिरीले बताए। बर्दिबास-औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालयनजिक सोमबार राति ९ बजे दुई वटा मोटरसाइकल जुधेका थिए।

बर्दिबासबाट रामगोपालपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज११प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको गिरीले बताए। दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय वीरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव गम्भीर घाइते भएका छन्।

तीव्र गति र हुस्सु/कुहिरोका कारण मोटरसाइकल ठोक्किएको डिएसपी गिरीले बताए। उनका अनुसार एक वटा मोटरसाइकलमा सवारले हेलमेटसमेत लगाएका थिएनन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials