समाचार

बारामा पुनः शिक्षक मृत अवस्थामा फेला

Daily News Nepal

बारा । बारामा एक शिक्षकको हत्या भएको छानविन पुरा हुन नपाउदै पुनः अर्को एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत शिक्षक नरेन्द्र पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधीराम न्यौपानेले बताए । अत्यधिक मादक पदार्थ सेवन गरी मृत अवस्थामा फेला परेका उनको हत्या हो होईन छानविन भईरहेको उनले बताउनु भएको छ ।

शुक्रवार साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टी उनी मृत अवस्थामा फेला परेका हुन् । उनको शव परिक्षणका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ । सिन्धुपाल्चोक घर भएका शिक्षक पराजुली चैत्र महिनामा बिद्यालयमा हाजिर भई कामकाज गर्दै आएका थिए ।

सिम्रौनगढ नगरपालिकामा अहिलेसम्म नगर परिषद बैठक बस्न सकेको छैन । नगरपरिषद् बैठक बस्न नसक्दा शिक्षकहरुले बिगत चार महिनादेखि तलब भत्ता नपाएको कारणले गर्दा मृतक शिक्षक पराजुली मानसिक तनावमा रहँदै आएको स्थानियहरुको भनाई छ ।

स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी समेतले दशैमा समेत तलब खान पाएका छैनन । छठ बितिसक्दा पनि तलब कहिले खुवाउने भने अन्यौल कायमै रहेको छ भने शिक्षक कर्मचारी ३९ दिनदेखि दैनिक धर्ना दिदै आएका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials