समाचार

कारागारबाट छुटेकै दिन वृद्धाको हत्या

Daily News Nepal

धादिङ । हत्यामा संलग्न रहेका चारजना फरार प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । फरक-फरक दुई घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सार्वजनिक गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षिय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । उनी चोरीको मुद्धामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङकी ६२ वर्षिय वृद्धा मनकुमारी सर्किनीलाई हत्या गरेको अभियोगमा मंसिर १५ गते ४० वर्षिय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।

‘मृतकको अनुहारमा कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राती आफ्नै घरमा उनको शव भेटिएको थियो’ एसपी मिश्रले भने– ‘सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेको हो ।

हत्यामा संलग्न बस्यालसँगै सोहि स्थानका ५४ वर्षिय टोपबहादुर सार्की र ४० वर्षिय सुनिल नेपाली पनि पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुइ जनालाई पक्राउ गरिएको हो ।’

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षिय रामचन्द्र वयलकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षिया श्रीमति पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले जानकारी दिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials