समाचार

आजदेखि सबै उच्च अदालतमा स्वचालित पेशी प्रणाली

Daily News Nepal

काठमाडौँ । देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएको थियो ।

सर्वोच्च अदालतमा भने गत भदौ ११ गतेदेखि नै स्वचालित पेशी प्रणाली सुरु गरेको थियो । यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै उच्च अदालतहरूमा प्रणाली लागू गर्न लागिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ । स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसङ्गति हटाउन स्वचालित पेशी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials