Business

४ महिनामा भित्रियो करिब ४ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स

Daily News Nepal

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको वित्तीय प्रतिवेदनअनुसार पोहोरको यहीँ अवधिको तुलनामा रेमिट्यान्स २६.४ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो । कात्तिक महिनामा मात्रै १ खर्ब १२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

समीक्षा अवधिको चार महिनामा अमेरिकी डलरमा भने रेमिट्यान्सको वृद्धिदर २३.१ प्रतिशत छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials