Business

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : अर्थमन्त्री

Daily News Nepal

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका हुन् ।

उनले भने, ‘नियम निकायले सानु सानु कुरामा हस्तक्षेप गर्नु भएन । घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ । निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौँ । सबै तिरबाट सुधार हुँदैछ ।’

नेपाल राष्ट्र बैंकले सानु सानु कुरामा हस्तक्षेप गरेको समेत अर्थमन्त्रीले बताए । नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले अटोलाई विलासीको वस्तुको रूपमा हेरेकोले समस्या भएको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा समस्या आएको बताए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials