Business

विदेशमा रहेका नेपालीले पनि आइपीओ भर्न सक्ने

Daily News Nepal

काठमाडौं । १० प्रतिशत कोटा छुट्याएसँगै विदेशमा रहेका नेपालीले पनि साधारण सेयर अर्थात आइपीओ भर्न थालेका छन् ।

विदेशबाट पनि आइपीओ भर्ने क्रम सुरुवाती चरणमा रहेको र धेरैलाई यसबारेमा थाहा नभएकाले अहिले आइपीओ भर्ने नेपालीको सङ्ख्या उल्लेखनीय नभएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । तर, अहिलेको अवस्थामा सन्तोषजनक उपस्थिती रहेको बोर्डका प्रवक्ता रुपेश केसीले बताउनुभयो ।

विदेशमा रहेका नेपालीलाई आईपीओ भर्न दिएर विदेशी मुद्रा भित्¥याउने योजना रहेको उहाँको भनाइ छ । अबदेखि कुनै पनि संगठित संस्थाले आईपीओ जारी गर्दा कुल जारी हुने आईपीओको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टयाउनु पर्नेछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials