Business

चार निर्माण कम्पनीलाई उत्कृष्ट अवार्ड

Daily News Nepal

काठमाडौं । इफाप्काको ४६औं अन्तर्राष्ट्रिय सम्मेलनको अवसर पारेर चार नेपाली निर्माण कम्पनीलाई अवार्ड प्रदान गरिएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्का सम्मेलनमा बिल्डिङ कन्स्ट्रक्सन विधामा उत्कृष्ट समानान्तर निर्माण सेवा प्रालिलाई गोल्ड अवार्ड प्रदान गरिएकाे हाे ।

यही विधामा न्यू टेक्निकल इन्फ्रा प्रालिले सिल्भर अवार्ड हात पारेको छ । सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्सन प्रालिले गोल्ड अवार्ड जितेको छ भने जय विष्णु निर्माण सेवा प्रालिले सिल्भर अवार्ड पाएको छ । इफाप्का सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीहरूलाई अवार्ड सहित सम्मान गरेका हुन् ।

त्यस्तै दशौं पटकसम्म इफाप्का सम्मेलनमा सहभागी भएका पूर्व इफाप्का अध्यक्ष गणेशलाल श्रेष्ठ र इफाप्काका महासचिव विरेन्द्रराज पाण्डेलाई इफाप्का अध्यक्ष सिंहले सम्मान गरे । पा“चौ पटकसम्म इफाप्का सम्मेलनमा सहभागी महासंघका मानार्थ सदस्य तथा पूर्व अध्यक्ष जीप छिरिङि लामा शेर्पा, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल लगायतलाई सम्मान गरिएको हो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials