Business

२६ प्रतिशतले बढ्यो नेपाल भित्रिने रेमिट्यान्स

Daily News Nepal

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०७९-८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साउनमा आएको रेमिट्यान्स अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो ।

साउनमा ८७ करोड ९८ लाख अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा पनि नेपाली रुपैयाँमा रेमिट्यान्सको वृद्धि धेरै देखिएको हो ।

यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिट्यान्स आएको थियो । कोभिड-१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिट्यान्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो । पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ ।

कोभिडपछि गएको दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा त्यसको प्रभाव रेमिट्यान्समा देखिएको हो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials