DELL
Business

सबै वडाबाट क्युआर कोडमार्फत राजस्व भुक्तानी

Daily News Nepal

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले सबै वडामा राजस्व संकलन क्युआर कोडबाट गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयसहित आठै वटा वडाबाट प्रधिधिको प्रयोगमार्फत राजस्व संकलन सुरु भएको हो ।

भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको गाउँपालिकाले जनाएको छ । पालिका भित्रका नागरिकलाई सहज तरिकाबाट राजस्व तिर्नका लागि व्यवस्था गर्दा समयको बचत पनि हुने भएकाले यो सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

एनआइसी एसिया बैंक लिमिटेडको फोन पे वा क्यूआरमार्फत सेवाग्राहीले राजस्व सहजै भुक्तानी गर्न सक्ने सूचना प्रविधि शाखा प्रमुख सुदीप पौडेलले बताए ।

आगामी दिनमा सेवाग्राहीले डिजिटल सेवामार्फत घरमै बसेर पनि विभिन्न सेवा लिन सक्ने प्रणालीको विकासमा गाउँपालिकाले तयारी गरेको पनि शाखा प्रमुख पौडेलले बताए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials