Business

सेयर बजार सकारात्मक बाटोमा, ५१.३१ अंकले बढ्याे

Daily News Nepal

काठमाडौ । सेयर बजारले सकारात्मक बाटो समाउन थालेको छ । नेप्से सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि सुधार देखिएको छ । यसैक्रममा मंगलबार नेप्से सूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा आएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

 बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै ब्याजदर घट्न थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । यस्तै, सेयर भाउ निकै तल्लो विन्दुमा आएको छ । 

भाउ धेरै सस्तो भएकाले पनि अल्पकालीन र दीर्घकालीन दुवैथरिका लगानीकर्ता आकर्षित भएको अनुमान गरिएको छ । मंगलबार सेयर बजारले गति लिनुको अर्को कारण धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुला गर्नु पनि हो । ४३ वटा कम्पनीले एलओआई पाएकामा बोर्डले पहिलो चरणमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ । 

यस दिन २७१ कम्पनीको ६० लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एनआइसी एसिया बैंक परेका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials