Business

कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने काम अन्तिम चरण

Daily News Nepal

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक र रोजगारदाताबाट सङ्कलन भएको सामाजिक सुरक्षा कोषको रकम बैंकमा राखेर ब्याज खानलाई नभएको बताएका छन्।

सोमवार छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले सामाजिक सुरक्षाको अवधारण रहेका धेरै मुलुकहरूमा आर्थिक सङ्कट परेका वेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए।

उनले कोषमा जम्मा भएको रकम परिचालनमार्फत राष्ट्रिय पुँजीको रूपमा विकास गर्दै राष्ट्र निर्माणका लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए। उनले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुर्‍याएको बताए।

उनले श्रम ऐनमा दिएका अधिकार प्रयोग गरेर श्रम मन्त्रालय सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काममा प्रतिबद्ध रहेको बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials