Business

नेप्से परिसूचक आज १३.७१ अंकले गिरावट

Daily News Nepal

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज सोमवार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा झरेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ ।

आज कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार नेप्सेसँग कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ ।

जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अंक बढेको छ । तर यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । नेप्सेमा गिरावट आए ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials