Business

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

Daily News Nepal

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जसमा रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ । त्यस्तै नीतिगत दर घटाएर बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन गरेको छ। केन्द्रीय बैंकले बैंक दर ०।५ प्रतिशत विन्दुले घटाएको छ भने नीतिगत दर १ प्रतिशत विन्दुले घटाएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ‘ विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ ’ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials