Business

अचाक्ली महंगी, चामल र पिठो किन्नै गाह्रो

Daily News Nepal

काठमाडौं । अघिल्लो महिनासम्म महँगी ७.८८ प्रतिशतले बढेको छ । यो राष्ट्रबैंकले निकालेको उपभोग्य सामग्री खरिदमा बढेको तथ्यांक मात्र हो । त्यसबाहेक उपभोत्ताको दैनिकीमा योभन्दा मूल्य अझ बढेको अनुमान लगाइएको छ ।

पछिल्लो समय अचाक्ली बढेको महंगीले उपभोक्तालाई दैनिक गुजरा चलाउनै हम्मे हम्मे परेको छ । चामल, आटा, मैदा, दुध लगायतका खाद्य सामग्रीमा एकै समय मूल्य बढ्दा उपभोक्ता मात्रै नभएर साना किराना व्यापारीलाई समेत मुस्किल परेको छ । तर, सरकार मूल्य घटाउने प्रयासबाट भाग्दै आएको छ ।

पाल राष्ट्र बैंकका अनुसार गत माघमा मात्र वार्षिक बिन्दुगत उपभोक्ता महँगी ७।८८ प्रतिशत रह्यो । अघिल्लो वर्षको माघ महिनामै ६।२४ प्रतिशत महँगी रहेको थियो । सामान्य तया बजारभाउ घटबढ भइरहन्छ । तर पछिल्लो समय बढेको बजार मूल्यले भने जो कोहीको सातो उड्न अवस्था छ । उदाहरण का लागि दैनिक उपभोग्य बस्तु, त्यसमा पनि चामललाई लिउ ।

एक महिनाअघि जिरा मसिनो चामलको मूल्य – १६०० देखि १७०० रुपैयाँ (प्रतिबोरा)

हाल जिरा मसिनो चामलको मूल्य– २१०० देखि २३०० (प्रतिबोरा)

एक महिनाअघि लङ्ग्रेन चामल– २५०० देखि २८०० (२० केजी)

हाल लङ्ग्रेन चामल –३००० देखि ३२०० (२० केजी)

चामल मात्रै नभएर आटा र मैदाको मूल्य पनि यही बीचमा अकाशिएर किन्ने नसक्ने अवस्था छ । किलोमै तीस देखि चालिस रुपैयाँ सम्म बढेको किराना पसल सञ्चालक बताउँछन् ।

आटा र मैदाको मूल्य

एक महिनाअघि आटाको मूल्य – ८० रुपैयाँ (प्रतिकिलो)

हाल आटाको मूल्य – १२० रुपैयाँसम्म (प्रतिकिलो)

एक महिनाअघि मैदाको मूल्य – ७५ देखि ८० रुपैयाँ (प्रतिकिलो)

हाल मैदाको मूल्य – ९५ देखि १०० रुपैयाँ (प्रतिकिलो)

भान्सामा प्रयोग हुने यी केही उदाहरण हुन् । यी बाहेक दुधको मूल्य १४ देखि २० रुपैयाँसम्म बढेको छ । विस्कुट, चकलेट लगायतका खाद्य सामाग्रीको मूल्य पनि यही अनुपातमा बढेको छ । केही समय अघि मात्रै सरकारले बिचौलियालाई सोझै फाइदा पुग्ने गरी दुधको मूल्य बढाउँदा मारमा परेका उपभोक्ता खाद्यान्नमा अचाक्ली बढेको मूल्यका कारण दोहोरो मारमा छन् ।

बजार भाउ बढेपछि उपभोक्तासंगै आफूहरु पनि मारमा परेको किराना पसल सञ्चालकको दुखेसो छ । बजार भाउ बढेपछि व्यापार व्यवसाय नै ठप्प हुने अवस्था आएको पसल सञ्चालक बताउँछन् । कतिपय सामानको भाउ त बेच्नै नसक्ने गरी बढेको उनीहरुको गुनासो ।

सरकारले करिब ८ प्रतिशत वरिपरि भाउ बढेको बताउने गरेपनि उपभोक्ता औसतमा १५ प्रतिशत सम्म बजार भाउ बढेको बताउँछन् । नेपालमा खाद्य सामाग्रीको भाउ भारतमा मूल्य बृद्धि हुँदा बढ्ने गरेपनि त्यसको नाममा यहाँका केही सिमित व्यापारी घरनाको स्वार्थमा उपभोक्ताले थेग्नै नसक्ने गरी बढाउने गरिएको आरोप लाग्ने गरेको ।

निर्वाचनमा दल र नेताहरुलाई दिएको चन्दा ठूला व्यापारीले उपभोक्तालाई मंहगी बढाएर असुल उपर गर्ने गरेको आम गुनासो छ । सिमित नाफाखोर व्यापारीले मूल्य बढाएर उपभोक्ताको ढाँड भाच्ने काम गरेपनि सरकार र तालुकदार निकायहरु भने मुक दर्शक बनिरहेका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials