समाचार

सामुदायिक वन समितिका अध्यक्ष पक्राउ

Daily News Nepal

बारा । २०७३ सालमा राष्ट्रिय तथा सामुदायिक वन अतिक्रमण गरेको आरोपमा सामुदायिक वन समितिका अध्यक्षसहित दुईवटा ट्रयाक्टर पक्राउ परेको छ । उनलाई आईतबार बारा जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले सम्बन्धित बन कर्मचारीले वन अतिक्रमण भएपनि कार्वाही नगरेको भन्दै स्पष्टिकरण सोधेपछि दुई ट्रयाक्टरसहित समितिका अध्यक्ष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर २ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापा र वन अतिक्रमणमा प्रयोग भएको मधेश प्रदेश ०३–००१ त ६९५४ र मधेश प्रदेश ०३–००१ त ५२३१ नं.को ट्रयाक्टर डिभिजन वन कार्यालय बाराले पक्राउ गरिएको हो ।

राष्ट्रिय र सामुदायिक वन समूहको वन क्षेत्र अतिक्रमण गरेर आवादी गरेको आरोपमा अध्यक्ष थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले जानकारी दिएका छन् ।

वन क्षेत्रको जमिन स्थानीय विद्यालय, गुम्बा र केही सामुदायिक संघ संस्थाको नाममा वितरण गरेर आवादी गराएको आरोपमा अख्तियार अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा कारबाही अघि नबढाएपछि अख्तियारले वन कर्मचारीलाईनै कार्वाही अगाडी बढाउन लागेपछि ईलाका वन कार्यालय निजगढको अगुवाईमा थापालाई पक्राउ गरिएको हो ।

अतिक्रमण गरेको आरोपमा अध्यक्ष थापासहित पुर्व वडा अध्यक्ष केशब ढोडारी, लोकप्रिय आविका प्रधानाध्यापक मुकुन्द बिष्ट लगायतका २६ जना उपर मुद्दा दायर गरिएको बताईएको छ । वडा नं. २ मा सयौं विगाहा वन क्षेत्र अतिक्रमण गरी संघ सस्थाको भन्दै स्थानीयले केरा खेती गर्दै आएपनि वन कार्यालयले हटाउनेतर्फ कुनै कार्वाही नगरेको स्थानीयले बताएका छन् ।

सशस्त्र द्वन्दको समयमा माओवादीहरुले फँडानी गरेको जग्गा स्थानीयले अतिक्रमण गरेर विभिन्न संघ संस्थाको नाममा छुट्याएर आवादी बनाउन थालेपछि वन क्षेत्र अतिक्रमण गरेको भन्दै थापासहित केही स्थानीय विरुद्ध ०७३ सालमा अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको थियो । सोही उजुरीको कारबाही बारेमा अख्तियारले वन कार्यालय बारामा पटक पटक जानकारी माग गर्दै आएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials