समाचार

विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

Daily News Nepal

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौँ तहको क्याप्टेन पदमा बढुवा हुनुभएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबिन गर्दा निजले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials