समाचार

महोत्तरीमा प्रहरी र प्रदर्शनकारी बिच झडप, ७ सुरक्षाकर्मी घाइते

Daily News Nepal

महोत्तरी । महोत्तरीमा आज नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो । प्रदर्शनकारी बाँसको भाटा प्रहार गर्दा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक शङ्कर थापा र र नेपाल प्रहरीका प्रहरी निरीक्षक मनोज यादव घाइते हुनुभएको छ ।

झडपमा सशस्त्र प्रहरी ४ र नेपाल प्रहरीका ३ जना र प्रदर्शनकारी २ जना समान्य घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीको उग्र भिडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड र अन्य परिवारिक सदस्यहरुलाई समेत मार्ने अवस्था आएकाले प्रहरीले रोक्न खोज्दा प्रहरीहरु माथि ढुँगा मुढा र बाँसको भाटा प्रहार गर्न लागेपछि प्रहरीले हवाई फायर र श्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

गौशाला नगरपालिका –४ मलहनीया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा तथा घरका सदस्यहरु मिलेर यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन ।

प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासू, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आएका थिए ।

सोही घटनालाई लिएर स्थिानीयहरुले गौशाला सडमा टायर बालेर सोमबार विरोध प्रदर्शन सुरु गरेका थिए ।‘‘महिला हिंसा बन्द गर, आरतीदेवी हत्याका अभियुक्तलाई पक्राउ गर, शान्ति सुरक्षा कायम गर’’ जस्ता नारा लगाउँदै करिब ५०० सयजति स्थिानीयहरुले सुरु गरेको प्रदर्शन उमेश साहको घरमा पुगेपछि उग्र बनेको थियो ।

घटनास्थलबाट प्रत्यक्षदर्शीले जनाएअनुसार प्रदर्शनकारीले साहको घरमा तोडफोड गर्न लागेपछि सशस्त्र र नेपाल प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रण लिएको थियो ।

प्रदर्शनका कारण माईस्थान गौशाला समसी सडक केहीबेर अवरुद्ध भएको थियो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials