समाचार

क्रिकेटर सन्दीप लामिछाने अब उच्च अदालत जाने

Daily News Nepal

काठमाडौँ । जिल्ला अदालत, काठमाण्डुबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने अब उच्च अदालत जाने भएका छन् । १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरीसकेको छ ।

तर, क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको बताएका छन । उनले न्यायको लागि अब उच्च अदालत जान लागिएको जानकारी दिएका छन ।

आज बुधबार जिल्ला अदालतकाठमाण्डुमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको बताएका छन ।

अधिवक्ता घिमिरेले सो सम्बन्धी जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको पनि बताएका छन ।

सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरुको उनले बताएका छन । जिल्ला अदालत काठमाण्डुका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials