समाचार

जिल्ला अदालत काठमाडौँबाट हत्कडीसहित थुनुवा फरार

Daily News Nepal

काठमाडौँ । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, अदालतमा म्याद थप गर्न ल्याइएका ठगी मुद्दाका थुनुवा विमल खड्का बुधबार हत्कडीसहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियाे । फरार भएका खड्काको खोजी भइरहेकाे प्रहरीले बताएकाे छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials