समाचार

अदालत परिसरमै मिटरब्याज पीडित कुटिएपछि प्रहरी कार्यालयमा धर्ना

Daily News Nepal

सिरहा । सिरहाका मिटरब्याज पीडितहरू जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । उनीहरू बुधबार बेलुकीदेखि खुला आकाशमुनि धर्नामा बसेका हुन् ।

बुधबार दिउँसो सिरहा जिल्ला अदालत परिसरमै साहुबाट मिटरब्याज पीडितमाथि कुटपिट भएपछि उनीहरू सामूहिक धर्नामा बसेका हुन् । सिरहा विष्णुपुरका मिटरब्याजी श्याम निरौलाले पीडितहरू ककुलती देवी यादव र सुकुमारी देवी साहमाथि कुटपिट गरेका थिए ।

निरौलामाथि अनुचित लेनदेनका विषयमा अदालतमा मुद्दा चलिरहेको छ । उनीमाथि चार दर्जनभन्दा बढी उजुरी र जाहेरी छ । यसै मुद्दामा पक्राउ परेर गत असारमा तीन लाख धरौटीमा उनी रिहा भएका थिए । सोही मुद्दाको बकपत्रका लागि अदालत गएका पीडितहरूमाथि कुटपिट भएको हो ।

घटनापछि प्रहरीले निरौलालाई पक्राउ गरेपनि केहीबेरमै छाडिदिएपछि पीडितहरू आक्रोशित छन् । कुटपिट घटनामा उनीमाथि कारबाही हुनुपर्ने माग पीडितहरुको छ । तर सिरहा प्रहरी पीडितमैत्री नभई पीडकमैत्री भएको धर्नामा बसेकाहरुको आरोप छ ।

चिसो मौसममा पनि संघर्षमा उत्रिनु पर्ने बाध्यत्मक परिस्थिति आएको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानको भनाइ छ । उनले निरौलालाई प्रहरीले पुनः नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म धर्ना जारी राख्ने बताए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials