Diaspora

कुलपति राई अमेरिकामा सम्मानित

Daily News Nepal

वासिङ्टन डिसी । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताए ।

प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको बताइन । मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials