Diaspora

पोर्चुगलमा दुतावास खोल्ने निर्णयको एनआरएनएद्वारा स्वागत

Daily News Nepal

लण्डन । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीद्वारा शुक्रवार जारी विज्ञप्तिमा डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलकाबीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेको उल्लेख छ । 

विज्ञप्तिमा ' सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ । सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि संघले  सरकारसँग माग गर्दै आएको  थियो । सन् २००९ मा तत्कालिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यतामा लिस्वनमा भएकोसंघको तेस्रो क्षेत्रीय बैठकमा पोर्चुगलमा दूतावास स्थापना गर्नुपर्ने एजेन्डा  घनीभूत रुपमा अघि सारिएको थियो । 

 त्यसपश्चात पनि लगातार भएका सबै यूरोपेली क्षेत्रीय बैठकमा संघले संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।  डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेका छन् । यससँगै दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास लिएका छौँ ।

यसका साथै पोर्चुगलमा स्थापना हुने नेपाली दूतावासमा सनिल नेपाल राजदूतमा सिफारिस हुनुभएकोमा पनि गैरआवासीय नेपाली संघ खुशी व्यक्त गर्दै उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ'  उल्लेख छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials