Diaspora

व्यापक प्रतिनिधिको उपस्थितिमा डा. बद्री केसीको उम्मेदवारी घोषणा, ९ बुँदे प्रतिवद्धता

Daily News Nepal

गैर आवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसीले औपचारिक घोषणा उत्साहपूर्ण देखिएको छ । ९ बुँदे प्रतिवद्धता सहित केसीले २०२३–०२५ कार्यकालकालागि ५० बढी देशका प्रतिनिधीमाझ दावेदारी प्रस्तुत गरेका छन्।

अक्टुबर १७ देखी २० गतेसम्म हुने ११ औं महाधिवेशनमा २ वर्षमा पूरा गर्न सक्ने प्रतिवद्धता अघि सारेका छन्। केसी २०१३ मा केन्द्रिय कोषाध्यक्ष, २०१५ र २०१७ मा २ कार्यकाल महासचिव, उपाध्यक्ष हुँदै छोटो समयकैलागि कार्यकारी अध्यक्ष रहेका छन्।

‘कार्यकारी अध्यक्ष भएकाले मतदाताको नामावली प्रकाशन नभएसम्म उम्मेदवारी घोषणा गर्न नैतिकताले दिएन,’ उम्मेदवारी घोषणा गर्दै डा. केसीले भने,‘अब विवाद रहित स्वच्छ प्रतिस्पर्धाको आधारमा निर्वाचन हुने छ।’

काठमाडौंको फर्पिङमा जन्मिएका डा. केसी अमृत साइन्स क्यम्पसमा अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनकोलागि रुस प्रस्थान गरे। संस्थापक उपेन्द्र महतो, जिवा लामिछानेसंगै एनआरएनए अभियानमा जोडिएका हुन्।

सन् २००३ मा काठमाडौंमा भएको सम्मेलनमा केसीको उपस्थिती रहेको थियो। स्थापनाकालदेखिनै एनआरएन अभियानको एउटा सिपाहीका रुपमा अनवरत् क्रियाशील हुन पाएको बताउँदै अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरे।

‘महासचिव हुँदा भारतले नेपालमा नाकाबन्दी गर्दा विश्व स्तरमा विरोधका काम गर्न पाए,’ उनले भने।

अध्यक्षको कार्यकालमा नागरिकता कानुन बनाउन र एनआरएनएलाई ट्रयाकमा ल्याई स्वच्छ निर्वाचन गराउने चरणमा रहेको बताए।

आगामी कार्यकालमा विधानलाई सच्चाउँदै सबै सदस्यले मतदान गर्न पाउनेगरी काम गर्ने बताए। फेसियल भेरिफिकेसनको प्रणाली विकास भैसकेकाले पञ्जिकृत सदस्यले मतदान गर्न व्यवस्था गर्ने विश्वास दिलाए।

कोभिड माहामारीको समयमा आईएलओसंग सहकार्यगरी विदेशमा अप्ठेरो परेका नेपालीलाई कतिपयलाई टिकट काटेरै पठाएको स्मरण गरे। केसीको उम्मेदावरी घोषणा कार्यक्रम जुममा ८ सय बढी सहभागी रहेका थिए। पदाधिकारी उम्मेदवारले आफ्ना प्रतिवद्धाता समेत राखेका थिए।

संघका वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मा डा. केसीलाई शुभकामना व्यक्तगर्दै आफु पुनः उपाध्यक्षमा उम्मेदवार रहेको जानकारी गराए।

आगामी कार्यकालकालागि उपाध्यक्षका प्रत्यासी रामशरण सिम्खडा, अष्ट्रेलिया बसोबास गर्दै डा विनोद श्रेष्ठले उपाध्यक्ष र क्यानडाबाट चिरनजिवी घिमिरे, जापानबाट रोविन शेरचन, नेदरल्यान्डबाट शसि पौडेल, धर्मराज अधिकारी, अमेरिकाबाट जेदु पोखरेल, मध्यपूर्वबाट सुदिप कार्की प्रत्यासि रहेका छन्।

महिला उपाध्यक्षको रुपमा मध्यपूर्वबाट प्रतिनिधित्व गर्ने यस्मिन बेगम सायद र युवा उपाध्यक्षमा रोशन थापा उम्मेदवारी घोषणा गरेका छन्।

हाल महासचिव रही पुनः सोही पदमा उम्मेदवार रहेका गौरिराज जोसीले डा. बन्द्री केसी सवल नेतृत्व रहेको बताए। उपमहासचिवमा अमेरिकामा प्रमोद सिटौला, युरोपबाट प्रतिनिधित्व गर्ने सन्तोष भट्टराई, प्रविन गुरुङले कार्यक्रममा उम्मेदवारी घोषणा गरे।

कार्यक्रममा अमेरिकाबाट प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापा लगायतको उपस्थिती थियो।

डा. केसीका मुख्य ९ बुँदे एजेन्डा

संघको अध्यक्षमा विजयी भएसंगै समृद्धि र रुपान्तरणकाको नारा सहित आफ्ना ९ बुँदे एजेन्डमामा काम गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिवद्धतामा सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीकोलािग सम्बन्धित निकायसंग सहकार्य र श्रमिकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने रहेको छ।

‘विदेशको श्रम बजारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन पहल गरिनेछ,’ उनी भन्छन्,‘सामाजिक सुरक्षाकोषमा सहभागी भई वैदेशिक रोजगारीमा आएका श्रमिकलाई योगदानको निरन्तरताकोलागि श्रम गन्तब्य मुलुकका नेपाली समक्ष सहजीकरण गरिने छ।’

वैदेशिक रोजगारीमा जाने नेपालीको न्युनतम तलब अन्तर्रष्ट्रिय मापदण्ड अनुसार बनाउन पहल गरिने छ। श्रम स्वीकृति नविकरण, बीमा नविकरण तथा श्रम सम्बिन्धि अन्य समस्या समाधानकालागि विदेशबाटै अनलाइन मार्फत गर्ने सहजिकरण गर्ने प्रतिबद्धता रहेको छ।

नेपालमा लगानी बढाउँदै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड कार्यन्वयन गर्ने बताए। डेभलपमेन्ट फण्डलाई १० अर्ब रुपैयाँ रहेकोमा फण्डलाई आगामी दिनमा बढाइने प्रतिवद्धता रहेको छ।

‘नेपालमा लगानीको क्षेत्र पहिचानगरी सुरक्षित लगानी प्रवद्र्धनकालागि नेपाल सरकारसंग सहकार्य गर्ने छौं,’ केसी भन्छन्,‘लगानी आकर्षण गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न पहल गर्ने छु।’

संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण गर्न एनआरएनएको परिभाषा नै परिवर्तन आवश्यक रहेको बताए। गैर आवासीय नेपाली ऐनमा विद्यार्थी र २ वर्ष बसेपछि मात्रै सदस्य बन्न पाउने अवस्था रहेको छ। यसलाई १८३ दिनभन्दा बढी विदेशमा बस्नेलाई परिभाषामा समेटिन छ।

ऐनमा परिभाषा स्पष्टतासंगै नागरिकतामा उल्लेख गरिएको संस्कृतीक, व्यवसायीक र सामाजिक अधिकार स्पष्ट पार्ने बताए। ३ पुस्ताअघि थाइलेन्ड, म्यानमारमा पुगेका नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गर्नुपर्ने सुनाए।

आगामी कार्यकालमा १० लाख पञ्जिकृत सदस्य बनाउने लक्ष्य रहेको बताए। गैरआवासीय नेपालीका हक हित अधिकारमा मतदानका अधिकार, सम्पत्ति सुरक्षा, दुतावास विस्तार नभए कन्सुलेन्ट कार्यलयको व्यवस्था गर्न पहल गर्ने उल्लेख छ। भूपुगोर्खाहरुले उठाउँदै आएका समान पेन्सन र अधिकारको मागलाई पूरागर्न संस्थागत पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचित अध्यक्षलाई नेपाल सरकारको अवैतानिक वाणिज्य दूतको रुपमा मान्यता दिन पहल गर्ने बताएका छन्।

गैरआवासीय नेपाली राष्ट्रिय परिषद् कल्चरल सेन्टरको रुपमा विकास गर्नुपर्ने बताए। हावर्ड, अक्सफोर्ड विश्वविद्यालय अध्ययापन गराउने नेपालीलाई प्राज्ञिक बहश मार्फत नेपालमा प्रविधि र सिप हस्तान्तरण गरिने उल्लेख गरे। ज्ञान तथा विज्ञ सम्मेलनलाई निरन्तरता दिदै नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रुपमा अगाडी बढाउने उल्लेख गरेका छन्।

एनआरएनए फाउन्डेसन मार्फत दातृ निकायसंग सहकार्य गर्ने र नेपाल बाहिर स्थापना गर्ने रहेको छ।

अन्तराष्ट्रिय समुदायसंग जोड्ने पुलको रुपमा गैरआवासीय नेपाली संघ मार्फत नेपालमा पर्यटक पठाउन सकिने बताए। नेपालबाट निर्यात हुने समानमा विकासित देशहरुमा भन्सार छुटको सदुपयोग गर्ने जनाएका छन्।

युवा र महिलालाई एकजुट रुपमा नेपालसंग जोड्न विशेष कार्यक्रम बनाई वार्षिक क्यालेन्डर समेटिने एनआरएनए युथ समिट, अन्तराष्ट्रिय महिला सम्मेलन गरी युवा र महिलालाई जोड्ने बताए। विदेशमा खेलकुदमा सफलता प्राप्त गरिरहेका खेलाडीलाई नेपालीसंग जोड्दै व्यवसायीक बनाउने योजना राखेका छन्।

अन्तराष्ट्रिय श्रम संगठन र अन्तर्रष्ट्रिय आप्रवासी संगठनसंग गरिएका सम्झौतालाई कार्यन्वयन गर्दै संयुक्त राष्ट्रसंघसंग सम्बन्ध बढाउने बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials