Diaspora

एनआरएनए केन्द्रीय समितिको पूर्ण बैठक जनवरी २० देखि काठमाडौंमा

Daily News Nepal

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद समन्वय परिषदको पूर्ण बैठक जनवरी तेस्रो साता काठमाण्डौंमा बस्ने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार जनवरी २०, २१ मा नेपालमा फेस टु फेस बृहत बैठकको आयोजना गरेर संघका आगामी दुई वर्षको लागि कार्ययोजना तय गरिने छ ।

यस्तै संघका अध्यक्ष डा. बद्री केसीले भिजन २०५० एण्ड बियोंड सम्बन्धी अवधारणा सो बैठकमा पेश गर्ने भएका छन् ।

यसअघि बसेको संघको पदाधिकारी बैठकले गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिम केन्द्रीत रहेर पुर्नरनिमार्णमा सहयोग गर्ने निर्णय गरेको थियो ।

यस्तै, सोही बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सल्लाहकार, आइसीसी सदस्यहरु लगायतका पदाधिकारीहरुको मनोनयन तथा राष्ट्रिय समितिहरुको आबद्धताका बारेमा ठोस निर्णय लिने भएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials