Diaspora

महेश श्रेष्ठले दिए नवनिर्वाचित एनआरएनए पदाधिकारीहरुलाई बधाई तथा शुभकामना

Daily News Nepal

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना दिएका छन् ।

श्रेष्ठले टोकियोमा बुधवार साँझ भएको भेटघाट कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरुलाई बधाई दिएका हुन् ।

कार्यक्रममा संघका उपाध्यक्षहरु डा. हेम राज शर्मा, रोविन शेरचन, युवाउपाध्यक्ष रोशन थापा, कोषाध्यक्ष सुदन थापा, संघका निवर्तमान उपमहासचिव ओम गुरुगं, एनआरएनए जापानका अध्यक्ष नविन निउरे लगायतको उपस्थिति थियो ।

संघका युवा उपाध्यक्ष थापाका अनुसार भेटमा गैरआवासीय नेपाली संघको अभियानमा सबै पक्षलाई समेटेर लैजाने र संस्थागत एकता कायम गर्ने विषयमा उपस्थित पदाधिकारीहरुले आआफ्ना भनाईहरु राखेका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials