Diaspora

लाखौंको मतदातालाई सहभागी बनाउन अनलाइन भोटिङको विकल्प छैन्: एनआरएनए

Daily News Nepal

लण्डन । गैरआवासीय नेपाली संघका निर्वाचनमा अनलाइन मतदानको विकल्प नरहेको सरोकारवालाहरुले बताएका छन् ।

गैरआवासीय नेपाली संघले आइतवारदेखि सुरु गरेको पोडकास्टमा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका सबै नेपालीहरुले एनआरएनएप्रति अपनत्व लिन सकुन भनेर संघको नेतृत्व चयनका लागि अनलाइन मतदान सुरु गरिएको बताए ।

काठमाडौंमा प्रत्यक्ष निर्वाचन हुँदा विदेशमा रहेका सयौंको संख्यामा रहेका प्रतिनिधिहरुले भाग लिन नपाउने र नेपालमा निर्वाचनसम्बन्धी अनावश्यक चलखेल हुने गरेको कारणले अनलाइन भोटिङ गर्नु परेको उपाध्यक्ष शर्माले बताए ।

उनले अनलाइन मतदान गैरआवासीय नेपाली संघका नयाँ नभएको बताए । उनले संघका राष्ट्रिय समितिले बर्षैदेखि प्रयोग गर्दै आएको प्रविधिलाई अन्तराष्ट्रिय निर्वाचनमा प्रयोग गरिएको बताए ।

अनलाइन प्रविधिले चुनावमा हुने आर्थिक चलखेललाई समेत रोक्ने उनको भनाइ थियो । डा. शर्माले संघको १२ औं महाधिवेशनमा विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले सबैले संघको केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था हुने हुँदा लाखौंको संख्यामा रहने मतदाताहरुको लागि अनलाइन भोटिङबाहेकको अर्को विकल्प हुन नसक्ने बताए ।

कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधानले संस्था प्रविधिमैत्री हुनुपर्छ भनेर सुरुको दिनदेखि नै आवाज उठाउदै आएको बताउँदै संस्था बच्नु पर्छ भनेर एनआरएनए यूकेको निर्वाचनमा आफू उम्मेदवार हुँदा भेण्डरले २१ सय मत फर्जी हो भन्दाभन्दै निर्वाचन परिणामलाई स्वीकार गरेको अनुभव सुनाइन् ।

उनले कोरोना भाइरसको विश्वव्यापी प्रभावले समेत संघलाई प्रविधि र अनलाइनमा लैजान बाध्य पारेको बताइन् । उनले संघको निर्वाचनमा प्रयोग गरिएको फेसभेरिफिकेसन प्रणालीले निर्वाचनमा उम्मेदवार बन्न प्रेरित गरेको बताइन् ।

कार्यक्रममा संघका निर्वमान उपमहासचिव तथा निर्वाचन पर्यवेक्षक डा। देवी बस्नेतले निर्वाचनका सबै प्रकृयाहरु उम्मेदवारहरुको सहमतिमा अघि बढाइएको बताए । उनले निर्वाचनको क्रममा आएका विवादको विषयहरु सबै उम्मेदवारहरुसँगको सहभागितामा समाधान गरिएको बताए । उनले प्राविधिक रुपमा निर्वाचनका प्रकृयामा कुनै पनि समस्या नभएकै कारणले उम्मेदवारहरु निर्वाचनमा जान राजी भएको बताए । उनले भने ‘निर्वाचनमा धाँधली भयो भन्ने आरोप निराधार हो ।’

प्रवक्ता फडिन्द्र पन्तले संचालन गरेको कार्यक्रममा संघकी सचिव टिका गुरुङ (राधिका) ले संघको परिवेश हेर्दा अनलाइन भोटिङनै उत्कृष्ट विकल्प भएको बताइन् । उनले हङकङवासी गैरआवासीय नेपालीहरुले अनलाइन भोटिङको अनुभव प्राप्त गर्न नसके पनि आइसीसीको निर्वाचनले उत्साहित बनाएको बताइन् । उनले घरमै बसेर आफूले चाहेको व्यक्तिलाई मतदान गर्न पाउँदा प्रतिनिधिहरु निकै खुशी रहेको बताइन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials