काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले त्यहाँस्थित गैरआवासीय नेपालीहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकासको लागि साताव्यापी तालिम संचालन गरेको छ ।
संघकी अध्यक्ष सिता सापकोटाको सकृयतामा सोमवार देखि संचालन भएको सो तालिममा करिब दुई दर्जनको सहभागीता रहेको संघकी महासचिव रुविना शर्माले जनाकारी दिइन् ।
दिनमा २ घण्टा भर्रचुल मार्फत संचालित सो तालिमको लागि नेपालस्थित आर्ट अफ लर्रनिङ एण्ड अर्ननिङ कम्पनीले सहयोग गरेको छ । तालिमको लागि तारा गिरी र लक्ष्मी प्रसाद आचार्य प्रशिक्षकको रुपमा रहेका छन् ।
तालिममा जीवन, मनोविज्ञान र ज्ञानगुनको विषयमा आचार्यले जानकारी दिने गरेका छन् । गिरीले व्यक्तित्व विकासको लागि कसरी सार्वजनिक मंचमा बोल्ने र डरबाट बच्ने तरिकाको बारेमा प्रवचन दिने र सहभागीहरुलाइ अभ्यास गराउने गरेकी छन् ।
प्रशिक्षणमा सहभागी गैर आवासीय नेपाली संघ बेल्जियमकि उपाध्यक्ष सावित्रा गिरीले तीन दिन लिएको तालिमबाट आफ्नो बोल्न सक्ने कलामा मनोवल बढेको बताइन् । उनले व्यक्तित्व विकासको लागि सो तालिम पूर्णरुपमा फलदायी रहेको बताइन् ।