Diaspora

एनआरएनए निर्वाचनः रविना थापाले छोड्दा आरके र डा. बद्री केसी बलियो

Daily News Nepal

काठमाण्डौं । गैरआवासीय नेपाली संघको आजबाट सुरु हुन लागेको निर्वाचनमा एनआरएनए अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठलाई अर्का अध्यक्षका प्रत्यासी रविना थापाले सहयोग गर्ने भए पछि अध्यक्षका प्रत्यासीद्धय आरके शर्मा र डा. बद्री केसी बलियो देखिएका छन् । थापाले उम्मेदवारी कायम राखेको भए उनले डा. केसीको मत धेरै काट्ने सम्भवना थियो तर ती भोट डा. केसीले सुरक्षित गर्न सफल भएका छन् । रविनाले प्राप्त गर्ने केही मत अब आरके शर्मालाई थप हुने भए पछि आरके शर्मा र डा. बद्री केसीबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको हो । थापाले उम्मेद्बारी फिर्ता लिँदै महेश श्रेष्ठलाई सहयोग गर्ने बताएकी छिन्। थापाको उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस पार्टीले दवाव दिएको चर्चा पनि सुरु भएको छ । थापालाई पार्टीले केन्द्रीय सदस्य दिने भए पछि उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials