Diaspora

रुसबाट नेपाल होलिडे गएका व्यक्तिलाई दुःख नदिन एनआरएनए रुसको आग्रह

Daily News Nepal

काठमाडौं । रुसमा नियमित बसोबास गरेका र छोटो समयको लागि नेपाल होलिडे गएका व्यक्तिहरुलाई आफ्नो कर्मथलो रुस फर्किदा दुःख नदिन गैरआवासीय नेपाली संघ रुसले आग्रह गरेको छ ।

संघका अध्यक्ष केशव तिमल्सिनाले सोमवार एक अपिल गर्दै तत्काल नेपाल जाने योजना बनाएका नेपालीहरुलाई केही समय प्रतिक्षा गर्न आग्रह गरेका छन् ।

उनको अपिलमा ‘पछिल्ला दिनहरुमा नेपालबाट धेरैनै युवाहरू रुसी सेनामा भर्ना हुन आउँने क्रम बढेको, धेरै नै व्यक्तिहरू बेपत्ता भएकोे, सेनामा गैसकेकहरु फर्कन हारगुहार गर्दा पनि त्यहाँबाट निस्कन नसकेको स्थिति र नेपाल सरकारले रुस सरकारलाई गरी रहेको अनुरोधको सुनुवाइ नभएको उल्लेख छ’ ।

‘नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपालीलाई रुसमा जान कडाई गरेकोे, तर पेशा व्यवसाय र विद्यार्थीलाई रुस जान बन्देज नलाग्ने सूचना जारी भै सकेको अवस्थामा पनि रुसमा नियमिति रुपले बसी रहेका, काम व्यवसा गरी रहेका व्यक्तिलाई छुट्टीमा नेपाल गएर फर्कंदा नेपाली इमिग्रेशनले रोक्ने र श्रमले स्वीकृति नदिएर दुःख दिने गरेको’ अपिलमा उल्लेख छ ।

अपिलमा यदि कोही हालसालै नेपाल छुट्टीमा जाने योजना बनाउँदै हुनुहुन्छ भने, परराष्ट्र,गृह र श्रम मन्त्रालयको समन्वय हुन अझै केही महिना लाग्ने अपुष्ट खवर आएको हुनाले नेपाल जाने योजनालाई केही समय पर सार्न आग्रह गरिएकोछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials