Diaspora

एनआरएनए महिला संयोजक अनुजाले दिइन् मतदातालाई धन्यवाद

Daily News Nepal

लण्डन । गैरआवासीय नेपाली संघको महिला विभागले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको लागि ७ लाख रुपैयाँ संकलन गरेको छ ।

गैरआवासीय नेपाली संघकी अन्तराष्ट्रिय महिला संयोजक अनुजा प्रधानले सोमवार एन्थ्रोपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघको महिला विभागले भूकम्प पीडितको सहयोगार्थ सो आर्थिक सहयोग संकलन गरेको जानकारी दिइन् ।

प्रधानले गत अक्टोवर महिनामा सम्पन्न ११ औं महाधिवेसनमा आफुलाई महिला संयोजकमा जिताउन सहयोग गर्ने बिभिन्न संघसँस्था तथा प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थाहित र बेल्जियमबासी गैरआवासीय नेपालीहरु अन्तराष्ट्रियस्तरमा चिनाउन सकृय रहने प्रतिबद्धता जनाइन् । उनले आफुले निर्वाचनमा प्रतिनिधिहरुबाट प्राप्त गरेको विश्वासलाई आत्मसाथ गरेर अघि बढ्ने विचार व्यक्त गरिन् ।

कार्यक्रमका संघका प्रवक्ता फणिन्द्र पन्तले संस्थाका पछिल्ला गतिविधिहरुका बारेमा प्रकाश पारेका थिए । उनले संघको ११ औं महाधिवेसनबाट निर्वाचित कार्यसमितिले महाधिवेसनको मागर्दशन अनुरुप सकृय रुपमा काम गरेको बताउँदै सबै पक्षको सहयोगको लागि आग्रह गरे ।

उनले महिला संयोजकको जिम्मेवारी प्राप्त गरे पछि संघको हितको लागि काम थालिसकेको जानकारी दिदैं भूकम्प पीडितलाई सहयोग गर्ने, महिला विभागलाई विस्तार गर्ने लगायतका कामको सुरुवात भैसकेको बताइन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले संचालन गरेको सो कार्यक्रममा एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रेम गुरुङ्ग, पूर्व महिला संयोजक रजनी प्रधान, सल्लाहकारका तर्थराज धमला, विनोद न्यौपाने, एनआरएनए बेल्जियमका उपाध्यक्ष लोकन्द्र नेपाल, आइसीसी सदस्यहरु, एनआरएनए बेल्जियमका कार्यसमिति सदस्य तथा पदाधिकारी लगायत बिभिन्न संघसँस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials