Diaspora

‘एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा कार्यक्रम सम्पन्न

Daily News Nepal

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बुधबार एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा राजधानीमा विशेष राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानले विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाईकझोला हस्तान्तरण गरिएको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिए । उनका अनुसार विद्यालयहरुलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला हस्तान्तरण गरिएको हो ।

उनका अनुसार विभिन्न पालिका माहतका १२ विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्नेगरी कुल ५०० थान झोला वितरण जापानबाट प्राप्त भएको छ । सबै ब्याग जापानबाट नआइसकेको भन्दै उनले आएकामध्येबाट सीमित थान ब्याग सम्बन्धित विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको बताए । बाँकी ब्याग प्राप्त हुने वित्तिकै तोकिएबमोजिम थप हस्तान्तरण गरिने उनको भनाइ छ ।

उनका अनुसार गलकोट नगरपालिका, ठोरी गाउँपालिका, मुसिकोट नगरपालिका, आमाछोदिङ्मो गाउँपालिका, जलजला गाउँपालिका, फिदिम गाउँपालिका, बराहताल गाउँपालिका, बुटवल गाउँपालिका, सोडारी गाउँपालिका, तारकेश्वर गाउँपालिका र बेनी नगरपालिकाका मातहतका तोकिएको विद्यालयमा सुविधासम्पन्न ब्याग वितरण गर्ने निर्णय भएको छ । यी विद्यालयलाई उपलब्ध भएसम्म १० देखि ३० वटासम्म ब्याग उपलब्ध गराइने बताइएको छ ।

एनआरएनए डे भव्य रूपमा मनाउने राष्ट्रिय समन्वय परिषद्को निर्णय बमोजिम यस वर्ष नेपालका बिभिन्न जिल्लामा रहेका जेहेन्दार र विपन्न बालबालिकालाई एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाइका निवर्तमान संयोजक हरि श्रेष्ठको पहलमा एनआरएनए जापानलाई प्राप्त भएका ब्याग हस्तान्तरण गरिएको एनआरएनए जापानका अध्यक्ष सुदीप निरुरेले जानकारी दिए । उक्त ब्याग स्थानीय जापानी क्लबले श्रेष्ठमार्फत एनआरएनए जापानलाई उपलब्ध गराउको हो । पालिका अन्तर्गतको विद्यालयमा प्रदान गरिएको झोला काठमाडौँबाट लैजान र विद्यार्र्थीसम्म पुर्याउन आवश्यक व्यवस्था स्वयम् सम्बन्धित विद्यालय वा पालिकाले खर्च बेहोरेको उनको भनाइ छ ।

एनआरएन जापानका अध्यक्ष सुदीप निउरेको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका केन्द्रीय उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ, एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेल, आईसीसी सदस्य सुपेन्द्र घिसिङ, श्रवण सत्यास, एनआरएनए जापानका महासचिव टीकाराम खरेल, प्रवक्ता खगराज गौतमसहित अन्य अभियन्ताहरु विकास बस्नेत, देविका केसी, संगीता अधिकारी, हबल चन्द्र लामा, माधव प्रसाद खरेल, सुवास लामिछाने, सिद्धार्थ श्रेष्ठ, मुक्तिराज रेग्मीलगायतको सहभागिता थियो । यस्तै कलाकार खुमन अधिकारी, पत्रकार राजकुमार सिग्देल, गोकर्ण अधिकारी, इन्द्रेणीका सञ्चालक कृष्ण कडेललगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच क्लबकै प्रतिनिधिले पछि १५० थान ब्याग बुटवलमा छुट्टै कार्यक्रम गरेर सम्बन्धित विद्यालयका विद्यार्थीलाई हस्तान्तरण गर्ने पनि जानकारी दिइएको छ ।

c

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials