Diaspora

बेल्जियममा तीजको रनौंक, एनआरएनए महासचिव रुविनालाई भ्याईनभ्याई

Daily News Nepal

ब्रुज। बेल्जियमस्थित नेपाली महिलाहरुले हरितालिका तीज भव्य रुपमा मनाएका छन् । स्थानीय महिलाहरुको सकृयतामा गेन्ट, क्नोक्के, ब्रुज लगायत नेपालीहरुको बाक्लो उपस्थित रहेको शहरका महिलाहरुले स्वफुर्त तवरले दर विषेश कार्यक्रमको आयोजना गरिरहेका छन् ।

शनिवार ब्रुजमा आयोजित कार्यक्रममा भेला भएका महिलाहरुले तीज मनाए । सो कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिक, कोइ छैन, तीजको लहर आयो बरिलै , अच्छालिकीन लण्डनको चिसोले समाउला......लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

एनआरएनए बेल्जियमकी महिला उपाध्यक्ष सावित्रा गिरीको सकृयतामा ब्रुजमा आयोजित कार्यक्रमलाई सफल बनाउन पवित्रा कंडेल, उर्मिला पुन, लक्ष्मी पाण्डे, सुमित्रा गुरुङ, ज्योति घिसिङ, रचना कंडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा सन्जु र सविना भारतीको सकृयता थियो । यस्तै शनिवारनै क्नोक्केस्थित नेपाली महिलाहरुले सामूहिक रुपमा तीजको कार्यक्रम मनाएका छन् । एनआरएनए क्षेत्रीय संयोजक लक्ष्मी रेग्मीको सकृयतामा आयोजित कार्यक्रममा पुरुष दाजुभाईहरुले समेत सकृय सहयोग गरेका थिए ।

कार्यक्रममा महिला दिदि वहिनीहरुले तीजका परम्परागत तीजहरुको प्रस्तुती दिएका थिए । यसैबीच एक साता अघि गेन्टस्थित नेपाली महिलाहरुसंग तीज मनाउन पुगेकी गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माको व्यस्तता बढेको छ ।

बेल्जियमको लुबेकमा बसोबास गर्दै आएकी शर्माले शनिवार ब्रुज र क्नोक्केको कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई थियो । कार्यक्रममा अतिथिको रुपमा पुगेकी शर्मालाई आयोजकहरुले फुलगुच्छा दिएर स्वागत तथा सम्मान गरेका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials