Diaspora

एनआरएनए केन्द्रीय समितिमा यूकेबाट तीन जना मनोनित

Daily News Nepal

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को सदस्यमा यूकेबाट तीन जनालाई मनोनयन गरिएको छ ।

संघको विधान बमोजिम अध्यक्ष डा. बद्री केसीले पत्रकार चिरन शर्मा, डा. मुकुन्द बास्तोला र महिला व्यवसायी सरस्वती केसीलाई संघको केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।

संघको विधान अनुसार अध्यक्षको एकल निर्णयले १५ जनालाई आइसीसीमा मनोनित गर्न सक्ने व्यवस्था छ। बाँकी ७ जनालाई संघको पदाधिकारी बैठकले मनोनयन गरेको हो ।

संघको गत आइतवार वसेको पदाधिकारी बैठकले २१ जना सल्लाहकार समेत मनोनयन गरेको छ । गैरआवासीय नेपाली संघको विधान अनुसार तीन महिनाभित्र संघको पदाधिकारी अनिवार्य रुपमा मनोनयन गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials