समाचार

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई समृद्ध पार्छ : घनश्याम भुसाल

Daily News Nepal

काठमाडौं। पूर्वमन्त्री एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन्। उनले तिलोत्तमा वडा नं ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताए। नेता भुसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीति लगायतमा साझा कार्यक्रम बनाउनु पर्ने बताए। निर्वाचनले लोकतन्त्रको अभ्यास र पक्रियालाई समृद्ध पार्ने उनले बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials