Entertainment

वर्षासँग सम्बन्ध बिच्छेदपछि आशिषले गरे दोस्रो विवाह

Daily News Nepal

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र उनका श्रीमान आशिष गेलालको सम्बन्ध बिच्छेद भएको छ । गत बैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र अमेरिका निवासी आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । वर्षासँग सम्बन्ध विच्छेद भए लगतै आशिषले दोस्रो विवाह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्वीर बाहिरिएको छ । आशिषले सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका हुन् ।

वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद केही समय अगाडी मात्रै भएको हो । विवाहपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । नेपाल फर्किएसँगै उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।

सम्बन्ध बिच्छेद र श्रीमनको दोस्रो विवाहको विषयमा वर्षा अझै मौन छिन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials