Entertainment

भारतीय नायिका दुबइमा लागूऔषधसहित पक्राउ

Daily News Nepal

भारतीय अभिनेत्री क्रिसन परेरा पक्राउ परेकी छन् । क्रिसनलाई दुई साताअघि संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले पक्राउ गरी जेलमा राखेको छ । क्रिसन लागूऔषध मुद्दामा पक्राउ परेकी हुन् ।

भारतीय वाणिज्य दूतावासले क्रिसनको पक्राउको खबर भारतमा बस्ने उनको परिवारलाई दिएको हो । यता, क्रिसनको परिवारका सदस्यले भने आफ्नी छोरीलाई जानीजानी लागूऔषध मुद्दामा फँसाइएको बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार क्रिसन युएईको शारजाह एयरपोर्टमा अवतरण हुनेबित्तिकै उनलाई त्यहाँ उपस्थित अधिकारीहरूले पक्राउ गरेका थिए। क्रिसनले ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials