Entertainment

इनास वरिष्ठ उपाध्यक्षमा कार्की सर्वसम्मत

कुमार राउत, Daily News Nepal

काठमाडौं । गीतकार, कवि, संगीत, साहित्यसहित कलाको विभिन्न विधामा सक्रिय रहेकी साबु गदाल कार्की अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चुनिएकी छन् । इनासको पाँचौँ महाधिवेशनबाट चुनिएको अध्यक्ष रामचन्द्र थापा (अष्ट्रेलिया) को कार्यसमितिमा उनले दुई वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतले कार्यभार सम्हाल्नेछिन् ।

‘मेरो कार्यकालमा नेपाली संस्कृति, कला, साहित्य र सिनेमालाई प्रवर्द्धन गर्न कुनै कसर बाँकी राखे छैन । सकारात्मक प्रभाव पार्ने परोपकारी कार्यक्रमहरू, सामाजिक परियोजनाहरूमा मेरो साथ र सहभगि अझैँ बढ्ने छ’, वरिष्ठ उपाध्यक्ष कार्कीले भनिन् ।

पाँचवटा सांगीतिक एल्बमको निर्माण र लेखनको अनुभव, म्युजिक भिडियो र फिल्म निर्माणको अनुभव, रेडियो नेपालमा प्रस्तोता, पटकथा लेखक र निर्माताको रूपमा काम गरेको अनुभवलाई सामाजिक कार्यमा प्रयोग गर्ने उनले बताइन् ।

‘अहिले प्रवासमा विस्तार भइरहेको चलचित्रको बजारलाई हामीले बलियो बनाउनुका साथै नयाँ बजार खोज्नु पर्छ । हाम्रो कला र संस्कृतिलाई जिवन्त राख्ने यो बलियो माध्यम हो’, उनले भनिन्,‘हामी एकतृत भएर आगामी दिनमा इनासको प्रभावकारितालाई झनै बलियो बनाउन सर्वसम्मत कार्यसमिति निर्माण गर्न सफल भएका छौँ ।’

नेपाली संगीत, सिनेमा र सञ्चार क्षेत्रमा स्थापित बनेकी कार्कीले सन् २००६ मा ‘सहारा’ र २०११ मा ‘रिवाज’ नामक म्युजिक एल्बम, २०१५ मा म्युजिक भिडियो ‘हे आमा’ गीतकार रहिसकेकी छिन् । उनले सन् २०१७ मा फिल्म ‘दर्पण छाया २’ निर्माण गरेकी थिइन् ।

साथै, महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सहसंयोजक एवं पदाधिकारीलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको छ ।

नवनिर्वाचित कार्यसमितिमा अन्य पदाधिकारी अन्तर्गत उपाध्यक्षमा मित्रलाल पार्दै (पोल्याण्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) रहेका छन् । त्यसैगरी महासचिवमा राजमान तामाङ (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) रहेका छन्।

क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप) रुपा न्यौपाने (दक्षिण एसिया), कन्हैया सिङ्ग परियार (उत्तर अमेरिका) रहेका छन् । सह–संयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) रहेका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials