Entertainment

वैशाख १५ मा ‘नाई नभन्नू ल ६’ सहित ३ चलचित्र भिड्ने

Daily News Nepal

काठमाडौं । आगामी वैशाख १५ गते ‘नाई नभन्नू ल ६’ सहित ३ वटा चलचित्र प्रदर्शन हुने भएका छन् ।

वैशाख १ गतेको प्रदर्शन मितिलाई परिर्वतन गर्दै चलचित्र ‘नाईं नभन्नू ल ६’ अब वैशाख १५ गतेबाट प्रदर्शनमा आउन लागेको हो। सोही मितिमा अब ३ वटा चलचित्र भिड्ने भएका छन् । किनभने उक्त मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ ले केही अगाडि प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ६’ मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, अथर्व उप्रेती र योगिशा खत्री लगायतको अभिनय रहेको छ । निर्माताविरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेका कारण चलचित्र सरेर वैशाख १५ मा पुगेको जनाइएकाे छ ।

त्यस्तै, चलचित्र ‘प्रसाद २’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ ।

गत हप्ता निर्माता मध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले चलचित्र रोक्न आदेश दिएको थियो । उच्च अदालत पाटनले चलचित्रको प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएपछि चलचित्र उक्त मितिमा प्रदर्शन हुन लागेको हो ।

निर्देशक सनम कुमार बैरागद्वारा निर्देशित चलचित्र ‘कैदीको पत्र’ स्कटल्याण्डमा छायांकन भएको हो । चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी र तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय रहेकाे छ ।

‘कैदीको पत्र’ चलचित्रको ट्रेलस भने बुधबार नै सार्वजनिक भएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials