Entertainment

रेखाको फिल्ममा पुजा र आँचल

Daily News Nepal

काठमाडौं । अभिनेत्री रेखा थापा अब फेरी फिल्ममा सक्रिय हुने भएकी छिन् । गत सँसदीय निर्वाचनमा राप्रपाका तर्फबाट मोरङबाट उम्मेदवार बनेकी उनले बिजय हाँसिल गर्न सकिनन् । त्यसैले अब राजनीतिसँगै उनले फिल्ममा पनि समय दिने भएकी छिन् ।

उनले निर्माण गर्न लागेको फिल्ममा रेखा थापा, पूजा शर्मा र आँचल शर्मालाई पनि अनुबन्धित गरेकी छिन् । यो फिल्मको बैशाखबाट छायाँकन सुरु हुने फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । फिल्ममा रेखासँगै आँचल र पुजा तीनबीच प्रतिस्पर्धा हुने बताईएको छ ।

आफुलाई चरित्रको लागि अभिनेत्री रेखा थापाले तयार हुन भनिसकेकाले अहिले रेखा थापाको नयाँ फिल्मको कामको तयारीमा रहेको अभिनेत्री पुजाले बताएकी छिन् । फिल्मको कथा निकै प्रभावशाली रहेको पनि पुजाको कथन छ । यो महिला प्रधान सिनेमा रहेको पनि पुजाको कथन छ ।

अभिनेत्री आँचलले पनि रेखा र पुजासँग पहिलो पटकसँगै काम गर्दैछिन् । यो फिल्ममा काम गर्न उनी पनि त्यत्तिकै उत्साहित छिन् । रेखा निर्मित फिल्ममा ती नायिकाहरु चयन भईसकेपनि नायकहरुको बारेमा बताईएको छैन । चाँडै नै आफुले निर्माण गर्ने यो नयाँ फिल्मका लागि सबै कलाकारको घोषणा गर्ने अभिनेत्री रेखाको कथन छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials