Entertainment

फिल्म ‘सेल्फी’ आजबाट प्रदर्शनमा

Daily News Nepal

भारतीय अभिनेताद्वय अक्षय कुमार र इमरान हाश्मी अभिनित फिल्म ‘सेल्फी’ शुक्रबारबाट प्रर्दशनमा आएको छ ।

राज मेहताले निर्देशक गरेको यस फिल्ममा फिल्म स्टार र फ्यानबीचको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् भने इमरान उनको फ्यानको भूमिकामा देखिएका छन् ।

फिल्ममा अक्षय र इमरानका अलावा नुसरत भरूचा र मृणाल ठाकुरको मुख्य भूमिका रहेको छ। यसका साथै फिल्ममा यश जोहर, अरुण भटिया, सुप्रिया मेनन, करण जोहर, पृथ्वीराज सुकुमारण र अपुर्भा मेहताको लगानी रहेको छ । फिल्मको कथा र पटकथा ऋशव शर्माले तयार पारेका हुन् ।

उक्त फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसन्स’ को हिन्दी रिमेक हो । यो फिल्म मार्फत इमरानले लामो समयपछि पर्दामा कमब्याक गरेका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials