Entertainment

सुरेश लामा र प्रेक्षा लम्सालको नयाँ गीत ‘तिमी मेरो प्रित हौ’ सार्वजनिक

Daily News Nepal

काठमाडौं । गायक सुरेश लामा र गायिका प्रेक्षा लम्सालको आवाज रहेको ‘तिमी मेरो प्रित हौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुस्मिता तामाङ र गौरव मगरको  अभिनय रहेको छ ।

डीपी खनालको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन ज्ञानेन्द्र गिरीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।

भिडियोमा  प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।

भिडियाे लिंक :  https://youtu.be/INvtWusy4qw?si=ng_URGn9aAM_Mkdh 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials