Entertainment

फिल्म ‘उलझ’ को पोष्टर सार्वजनिक

Daily News Nepal

भारतीय अभिनेत्री जाह्नवी कपूर अभिनीत स्पाइ थ्रिलर फिल्म ‘उलझ’ को दुई वटा पोष्टर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बुधबार फिल्मको निर्माण टिमले दुई तस्बिर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेकाे हो ।

सुधांशु सरियाले निर्देशन गर्न लागेको फिल्ममा जाह्नवीसँगै गुलशन देवैया र रोशन मैथ्यूको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा जाह्नवी, गुलशन र रोशनसँगै राजेश ताइलांग, मैयांग चांग, सचिन खेदकर, राजेन्द्र गुप्ता, जितेन्द्र जोशीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म एक आइएफएस अफिसरमा आधारित हुने फिल्मका कथा निर्देशक सरिया र परवेज शेखले तयार पारेका छन् । जाह्नवी जुनियर एनटिआरसँग फिल्म ‘एनटिआर ३०’ मा देखिनेछिन् भने उनी पछिल्लो समय ‘मिली’ फिल्ममा देखिएकी थिइन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials