समाचार

पोथी रेडपाण्डा मृत फेला, भारतीयले शिकार गरेको आशंका

Daily News Nepal

इलाम । इलाममा लोपोन्मुख पोथी रेडपाण्डा मृत फेला परेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका–५ जौबारीमा पोथी रेडपाण्डा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत रेड पाण्डालाई परीक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ ।

रेडपाण्डा भेटिएको क्षेत्र जौबारी भारतीय सीमावर्ती क्षेत्र नजिकै छ । स्थानीयले खुला सिमानाका कारण रेडपाण्डाको तस्करी हुँदै आएको बताएका छन् । केही महिनाअघि पनि सोही क्षेत्रमा रेडपाण्डा मृत भेटिएको थियो । सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत ठाउँमा रेडपाण्डा पाइन्छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials