समाचार

जनकपुरको बिग मार्टमा आगलागी

Daily News Nepal

धनुषा । जनकपुरको रामानन्दचोकस्थित रहेको जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि पूर्ण रुपले क्षति पुगेको छ ।

सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोड भन्दा बढीको क्षति पुगेको सञ्चालक रायको भनाइ छ ।

मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पती भागेर ज्यान बचाएका थिए । यो मार्ट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ रामानन्दचोक नजिक सञ्चालनमा छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials