समाचार

पाल्पामा एक महिनाको अवधिमा पाँच सय वढी स्थानमा आगलागीका घटना

Daily News Nepal

पाल्पा । एक महिनाको अवधिमा पाल्पाको ५१९ स्थानमा आगलागीका घटना भएका छन् । वैशाख लागेपछि जिल्लाका अधिकांश स्थानमा आगलागीका घटना भएका हुन् ।

सबैभन्दा धेरै चुरे क्षेत्रमा पर्ने तिनाउ गाउँपालिका क्षेत्रमा १०१ स्थानमा आगलागी भएको डिभिजन वन कार्यालय पााल्पाले जनाएको छ । यस्तै माथागढीमा ९३, पूर्वखोलामा ७६, रैनादेवी छहरामा ७५ स्थानमा आगलागी भएको छ ।

रिब्दीकोटमा ५८, निस्दी गाउँपालिकामा ५३, रम्भामा आठ र बगनासकालीमा तीन, रामपुर नगरपालिकामा ३७ र तानसेन नगरपालिकामा १५ स्थानमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय बासिन्दाका सामान्य लापरबाहीले नै जिल्लाभर नै आगलागीका घटना बढेको हो । गत वर्ष यो अवधिमा पाँच स्थानमा मात्र आगलागी भएको थियो तर यो वर्ष आगलागीका घटना अत्यधिक बढेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत उपेन्द्र अर्यालले बताए ।

हरियो घाँस पलाउँछ भन्ने लोभमा खरबारीमा आगो लगाउँदा, वनजङ्गलका वन्यजन्तु, दुम्सी, बाँदर, लोखर्के आदिलाई भगाउने नाममा वनमा आगो लगाउने गरेका छन्। यति मात्र होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा चितुवा, भालुलगायतका वन्यजन्तुबाट आक्रमण बढेका कारण पनि स्थानीयले वनमा आगो लगाउने गरेको पाइएको छ ।

वनमा नजानेरभन्दा पनि जानाजान आगो लगाउने क्रम बढेको हुँदा क्षति पनि बढेको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार यो वर्ष जिल्लाभरका ८७ वटा वनका ५१९ स्थानमा आगलागी भएको तथ्याङ्क छ ।

सबैभन्दा बढी ८३ वटा सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । यो एक महिनाको अवधिमा तीन वटा निजी वन र एउटा धार्मिक वनमा समेत आगो लागेको उनले बताए ।

भट्टराईका अनुसार पाल्पामा हालसम्म आगलागीबाट एक हजार ६८५ हेक्टर वन क्षेत्र सखाप बनेको छ। गत वर्ष यही अवधिमा एक सय हेक्टरभन्दा कम वनमा आगो लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले यो वर्ष हालसम्म १८ स्थानमा आगलागी भएको जनाएको छ। आगलागीबाट १३ घर र १० गोठमा क्षति भएको छ भने हालसम्म मानिसको मृत्यु नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials